अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०३-२२
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ कलंकी शान्तिमार्ग डेरा गरी बस्ने २७ वर्षीय सुरज श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ९ सय मिलिग्राम र गाँजा करिब ६२ ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-६ स्थित भण्डारी चोक नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ८० ट्याब्लेट र एनारगन ४ हजार २ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय दिवस न्यौपानेले आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-१४ माडरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित कर्जन्हा नगरपालिका-४ बस्ने ३२ वर्षीय दिपेश कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले ज.१२ प ४४५४ नम्बरको मोटरसाइलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सिराहा, धनगढीमाई नगरपालिका-१० धनगढी बजारबाट अवैध लागूऔषध गाँजा करिब ४५ ग्राम सहित सोही नगरपालिका-११ नैनपुर बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-३ अदुवापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने ४४ वर्षीय रंजित दासलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ४० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-२ बस्ने २३ वर्षीय रोहित कुमाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम १ सय ४० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-९ गरामनी बस्ने ४४ वर्षीय चन्द्र प्रसाद राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ९५३६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दार्चुला, महाकाली नगरपालिका-४ पुलघाटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम सहित सोही नगरपालिका-४ मोहती बस्ने नौगाड गाउँपालिका-४ घर भएका २० वर्षीय सुरज ठगुन्नालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, ब्रहम्पुरी गाउँपालिका-२ धर्मपुरटोलबाट अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-११ सखुवनी बस्ने ३५ वर्षीय थिरविक्रम रायमाझी र ३५ वर्षीय प्रदिप मगर रहेका छन् । प्रहरी चौकी ब्रहम्पुरीबाट खटिएको प्रहरीले हरिवनबाट नारिवनतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ह ४५१७ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी चालक थिरविक्रम र अटोमा सवार प्रदिपलाई पक्राउ गरेको हो ।
कैलाली, जानकी गाउँपालिका-४ मनुवा बस्ने ४१ वर्षीय रमेश कुमार रावत समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले रमेशको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-४ स्थित डोजिन होटल एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट र डाइक्लोमाइन ३ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय बिबेक साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उधौपूर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० ग्राम ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जसवन्त चौहान लोनिया समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हिरिमनीया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने पाल्पा घर भएका २९ वर्षीय टेक बहादुर सुनारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ६ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।