प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २८ जना पक्राउ

२०८३-०३-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले अवैध लागूऔषध खैरो हेरोइन ९४ ग्राम ७ सय ८० मिलिग्राम, डिजिटल तराजु २ थान र मोबाइल ८ थान सहित ८ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ ठेगाना भएका २४ वर्षीय बिशाल शाही, काठमाडौं महानगरपालिका-७ ठेगाना भएका २९ वर्षीय सरोज श्रेष्ठ, सोही महानगरपालिका-३ ठेगाना भएका २८ वर्षीय कृष्ण पण्डित, तनहुँ भानु नगरपालिका-९ ठेगाना भएका ३१ वर्षीय कुमार गुरूङ, मोरङ विराटनगर महानगरपालिका-१६ ठेगाना भएका २७ वर्षीया स्मारिका कार्की, भारत बिहार राज्य अररिया बेला-७ ठेगाना भएका १९ वर्षीय देव कुमार यादव, सुनसरी इनरूवा नगरपालिका-९ ठेगाना भएका १९ वर्षीय सुमित कुमार मेहता र सोही नगरपालिका-९ ठेगाना भएका २० वर्षीय संजिव कुमार ठाकुर रहेका छन् ।  

महोत्तरी, जलेश्वर नगरपालिका-२ जिरोमाईल चोकबाट अवैध लागूऔषध गाँजा ७ सय ४५ ग्राम सहित सोही नगरपालिका-७ बस्ने ६५ वर्षीय रामठकन राय यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरीले मलिवाराबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ५२८ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।  

रूपन्देही, सैनामैना नगरपालिका-६ दुधराक्ष चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय उमेश पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

धनुषा, धनुषाधाम नगरपालिका-२ मंगलपुरबाट अवैध लागूऔषध गाँजा करिब १३ किलो ६ सय ५० ग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-१० बस्ने २१ वर्षीय बिजय राई र २१ वर्षीय आशिष राई रहेका छन् । इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  

कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय महेन्द्र रानालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धादिङ, रोराङ गाउँपालिका-९ जोगीमाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७८ हजार ४ सय ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-३ बस्ने ४१ वर्षीय मोहन प्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी रहेका छन् । प्रहरी चौकी जोगीमाराबाट खटिएको प्रहरीले वीरगंजबाट बनेपातर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६८९ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१५ स्यानिमझुवा बस्ने २६ वर्षीय एलेक्स गुरूङलाई अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ सय ग्राम र डिजिटल तराजु १ थान सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय ३० ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही महानगरपालिका-२३ हर्पन घर भएका ३५ वर्षीय विश्वराज परियार र सोही महानगरपालिका-५ मालेपाटन बस्ने ३३ वर्षीय कृष्ण विक रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले विश्वराजको कोठा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-१५ बस्ने २३ वर्षीय सिदार्थ कुमार शाहलाई अवैध लागूऔषध गाँजा १ किलो ५ सय ६० ग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । 

उदयपुर, कटारी नगरपालिका-३ कान्छिबजार बस्ने सिन्धुली घर भएका २९ वर्षीय मिलन सुनुवारलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ९० ट्याब्लेट, ट्रामाडोल ११ ट्याब्लेट र नगद ३० हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनको घर तलसी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

बर्दिया, बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र नगद ५ हजार ७ सय रूपैयाँ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-५ बस्ने  १९ वर्षीय निशान हमाल र सोही नगरपालिका-८ बस्ने २९ वर्षीया करूणा खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, गढवा गाउँपालिका-७ बस्ने ३१ वर्षीय राजेन्द्र चौधरीलाई अवैध लागूऔषध गाँजा करिब १३ किलो ३ सय ५० ग्राम सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम १ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका-७ रमनटार बस्ने २३ वर्षीय सुमन गोङ्गवा र पर्सा वीरगंज महानगरपालिका-२० अकौनी बस्ने २१ वर्षीय कैलाश राय रहेका छन् । इलाका प्रहरी कार्यालय पशुपतिनगर समेतबाट खटिएको प्रहरीले वीरगंजबाट चितवनतर्फ जाँदै गरेको म.प्र.०३-००१ ज ०५९३ नम्बरको ईभी गाडीमा सवार सुमनलाई करिब २ ग्राम ५० मिलिग्राम र बा.प्र.०६-००१ ज ०३२२ नम्बरको ईभी गाडीमा सवार कैलाशलाई ९० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-१८ बाबुराम चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ६० मिलिग्राम र नगद १० हजार ४ सय ८० रूपैयाँ सहित सोही महानगरपालिका-१९ हेल्थपोष्ट घर भएकी ३२ वर्षीया ज्योती तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१६ स्थित मितेरी पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिग्राम र नगद ३ हजार ५ सय सहित रसुवा कालिका गाउँपालिका-२ बस्ने निर बहादुर थापा मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, बिर्तामोड नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय प्रदिप दाहाललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरीले बा.प्र-०२-००६ प ९९५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८३-०४-०६

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-८ बालुवाखानी एरीयाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित सोही ठाउँ बस्ने दोलखा घर भएकी १९ वर्षीया एन्जिला तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ पिपलबोटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ३० मिलिग्राम सहित विजयनगर गाउँपालिका-६ खजहनी बस्ने २६ वर्षीय रन्जित प्रसाद मौर्यालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० खजुराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१० बसपार्क डेरा गरी बस्ने जुम्ला चन्दननाथ नगरपालिका-९ घर भएका १९ वर्षीय तपेन्द्र हमाल समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-६ के आई सिंह चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्राम सहित भारत लखिमपुर खिरी बस्ने २४ वर्षीय सलमान खान समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४६ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ थाक्रे गाउँपालिका-३ मलढुङ घर भएका २० वर्षीय सरोज महरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   झापा, कन्काई नगरपालिका-५ तारघेरा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय पजन मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-६ मदननगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय प्रविण शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  तनहुँ, व्यास नगरपालिका-४ कालिका टोलबाट नियन्त्रित लागूऔषध नोर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल र फेनारगन २ एम्पुल सहित सोही ठाउँ बस्ने २४ वर्षीय सागर गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध व्यास नगरपालिका-४ मस्जिद टोल बस्ने २५ वर्षीय अनिष क्षेत्रीको घरबाट लिएको भन्ने खुल्नासाथ अनिषको घर तलासी गर्दा नोर्फिन ४ एम्पुल, डाइजेपाम १ एम्पुल र नाइट्राजेपाम ६३ ट्याब्लेट फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । सप्तरी, सुरूङगा नगरपालिका-२ भेडियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-२ रक्सा बस्ने सुनसरी रामधुनी नगरपालिका-५ घर भएका ३७ वर्षीय अस्मिन कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१२ स्यालिनदीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३० वर्षीय हेम राज जोशी र २८ वर्षीय रविन्द्र नेगी रहेका छन् । अस्थायी प्रहरी पोष्ट बन्साह समेतबाट खटिएको प्रहरीले बेलौरीबाट कलुवापुरतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३ प ०७७९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, जीतपुर सिमरा उपमहानगरपालिका-७ सिधरी टोलबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय ५४ ग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने ३७ वर्षीय दिवेन्द्र बैठालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०४-०६

काठमाडौं, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरीले अवैध लागूऔषध सहित २ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४५ वर्षीय दिपक श्रेष्ठ र बझाङ खप्तडछान्ना गाउँपालिका-१ घर भएका ३५ वर्षीय सागर जेठारा रहेका छन् । पक्राउ मध्ये दिपकलाई अवैध लागूऔषध खैरो हेरोइन १ सय ३६ ग्राम र नगद १ लाख रूपैयाँ तथा सागरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ४ सय ९० ट्याब्लेट, टापेन्टाडोल ७ हजार ६२ ट्याब्लेट, नाइट्राजेपाम १ हजार ८८ ट्याब्लेट र प्रिग्याबालिन ९० हजार ट्याब्लेट सहित पक्राउ गरेको हो ।मोरङ, रंगेली नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १ ग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया बौकाहा मझरा घर भएका २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बिआर ३८ एएच ७१९३ नम्बर र बिआर ३८ ए क्यू ८२४३ नम्बरको मोटरसाइकलहरू बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०४-०५

काठमाडौं, काठमाडौं महानगरपालिका-३१ प्रयाग मार्गबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने झापा दमक घर भएका सोहम बस्नेत समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले सोहमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ५७ ट्याब्लेट सहित धनुषा गणेशमान चारनाथ नगरपालिका-५ बस्ने २५ वर्षीय सुबास मानन्धरलाई समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महोत्तरी सम्सीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख ३८८६ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  बारा, कलैया उपमहानगरपालिका-१९ पचायनपुर बस्ने २० वर्षीय सनोज पटेललाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ७ सय ५० ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गंगापुरबाट खटिएको प्रहरीले सनोजले सोही ठाउँमा संचालन गरेको घुम्ती पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३९ वर्षीय आइतमान थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ लेवट चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ जम्बुचौतारा बस्ने २२ वर्षीय रबि स्याङ्तान र राक्सिराङ गाउँपालिका-१ बस्ने २४ वर्षीय सुजन स्याङ्तान रहेका छन् । प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरीले बा.७५ प ८२१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धनकुटा, शहिदभूमी गाउँपालिका-१ पाङ्नामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट सहित भोजपुर हतुवागढी गाउँपालिका-९ उखुबारी बस्ने २३ वर्षीय हिलसन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कैलाली, टीकापुर नगरपालिका-८ सत्ति पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया राजापुर नगरपालिका-१ बस्ने २२ वर्षीय हिमाल चलाउने र २५ वर्षीय राजेन्द्र रावत रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय कृष्ण साउँद र २३ वर्षीय खेम साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, कञ्चन गाउँपालिका-४ बेलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सैनामैना नगरपालिका-१० सालझण्डी बस्ने ३१ वर्षीय सन्दिप पुनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रूद्धपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०४-०५

पर्सा, जगरनाथपुर गाउँपालिका-४ सुहपुरबाट अवैध लागूऔषध गाँजा २० किलो ६ सय ८७ ग्राम सहित भारत बिहार सितागढी पंचायत तालका डुम्रा-३३ बस्ने ३४ वर्षीय रहमद अंसारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बिआर ०६ बिएच ५४९६ नम्बरको कार जाँच गर्दा उक्त गाँजा फेला पारी चालक अंसारीलाई पक्राउ गरेको हो ।   महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ९ सय ९० मिलिग्राम सहित भारत बिहार मधुबनी पंचायत मधवापुर-५ बस्ने २४ वर्षीय राजा कुमार मण्डललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००७ ख ८२१ नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३२ जना पक्राउ
२०८३-०४-०४

काठमाडौं, काठमाडौं महानगरपालिका-१२ टेकु दोवानपुल नजिकबाट नियन्त्रित लागूऔषध टपेन्डाडोल २४ हजार ७ सय ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रूपडिया उतर प्रदेश ठेगाना भएका २५ वर्षीय राज सोनि, बाँके घर भएका १९ वर्षीय निखिल सोनि र सुर्खेत घर भएका १९ वर्षीया शोफिया मगर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि आक्रमण गरी भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा राज सोनि घाइते भएका थिए । घाइते राजको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।   यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१४ नैकाप पिपलबोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ९ सय २० ट्याब्लेट सहित सोही नगरपालिका-१४ डेरा गरी बस्ने कीर्तिपुर नगरपालिका-९ पागादोबाटो घर भएका ३९ वर्षीय अनिल देउलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनले प्रयोग गरेको बा.७० प ७८०० नम्बरको स्कुटर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा ट्रामाडोल ३ हजार ७ सय ७६ ट्याब्लेट, डाइजेपाम सेट ३८५ एम्पुल समेत गरी १ हजार १ सय ५५ ‍एम्पुल र नगद १ लाख ४० हजार १ सय ६५ रूपैयाँ समेत फेला पारी प्रहरीले बरामद गरेको छ ।  यसैगरी काठमाडौं महानगरपालिका-२९ डिल्लीबजार हाईटबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ४ किलो ७ सय २० ग्राम र नगद १ लाख २५ हजार ८ सय २५ रूपैयाँ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-३ घर भएका ५४ वर्षीय श्याम खत्री र काठमाडौं महानगरपालिका-२९ न्यू प्लाजा बस्ने काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४८ वर्षीय बसन्त थापा रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले श्यामको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-७ मित्रपार्कबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ३ सय ९० ग्राम र पोलेन करिब ३ सय ७८ ग्राम सहित काठमाडौं मित्रपार्क बस्ने ३२ वर्षीया पुजा डंगोललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको छ ।  झापा, भद्रपुर नगरपालिका-५ भन्सार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २७ वर्षीय अजय सहनीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, दमक नगरपालिका-१ हवल्दार चोकस्थित टपरी होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २२ ग्राम १ सय ५० मिलिग्राम सहित इलाम चुलाचुली गाउँपालिका-४ पालिका टोल बस्ने ३५ वर्षीय पुर्ण कुमार राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उक्त होटलमा बसिरहेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित इटहरी नगरपालिका-९ बसपार्क बस्ने २१ वर्षीय संगम श्रेष्ठलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ भोटेपुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १२ ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय उमङ्ग राईलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-४ तिसबिगेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७८ ट्याब्लेट र डाइक्लोमाइन ८२ ट्याब्लेट सहित रामधुनी नगरपालिका-७ बस्ने २३ वर्षीय समिर चौधरी समेत २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   रूपन्देही, रोहिणी गाउँपालिका-७ टिकरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १९ एम्पुल, फेनारगन १९ एम्पुल र बुप्रेनोर्फिन १९ एम्पुल सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुटवल उपमहानगरपालिका-११ देबी नगर बस्ने ४६ वर्षीय रमेश योगी र रोहिणी गाउँपालिका टिकर बस्ने ३५ वर्षीय साहिल अन्सारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.७ प २०२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-१० मंझरिया चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८० एम्पुल, बुप्रेनोर्फिन ८० एम्पुल र फेनारगन ८० एम्पुल सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाल्हीनन्दन गाउँपालिका-६ लङ्गडी पाकड बस्ने २६ वर्षीय विश्वजित गिरी र सोही गाउँपालिका-६ रगरगंज बस्ने ३६ वर्षीय दिनेश केवट रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले युपि ५६ एच १०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सिराहा, कर्जन्हा नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ८० मिलिग्राम र नगद ५ हजार ७ सय ४० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कर्जन्हा नगरपालिका-११ डेरा गरी बस्ने सोही नगरपालिका-९ घर भएका २४ वर्षीय अवधेश महरा र ३१ वर्षीय सुनिल महरा रहेका छन् । प्रहरी चौकी कर्जन्हाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । ललितपुर, गोदावरी नगरपालिका-३ गोदावारीस्थित मार्वल डाँडाबाट अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ४४ मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-४ बागडोल बस्ने २२ वर्षीय सम्बोधन थापा, गोदावारी नगरपालिका-१४ बस्ने २१ वर्षीय संदिप महत्तो र  महालक्ष्मी नगरपालिका बस्ने २० वर्षीया सफिसा महर्जन रहेका छन् । थप अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका-२५ फुलबारी मार्ग डेरा गरी बस्ने मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ घर भएका २८ वर्षीय तिर्थ बहादुर थोकरको कोठा तलासी गर्दा पोलेन करिब २ किलो ७ सय ९३ ग्राम र डिजिटल तराजु १ थान सहित फेला पारी तिर्थलाई समेत प्रहरीले पक्राउ गरेको छ । महोत्तरी, सोनमा गाउँपालिका-५ खयरबनिबाट नियन्त्रित लागूऔषध स्पास्मो १६ ट्याब्लेट  सहित सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खयरबनि समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मोरङ, बेलबारी नगरपालिका-२ लालभित्ति चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश खड्का समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३० ट्याब्लेट र स्पास्मो ४० ट्याब्लेट सहित सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ३७ वर्षीय संदिप खड्कालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-५ बस्ने मधु सुधन पुलामी र २८ वर्षीय निश्चल केसी रहेका छन् । प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ समेतबाट खटिएको प्रहरीले बिपि चोकबाट त्रिभुवन चोकतर्फ जाँदै गरेको बा.१७ च १४२२ नम्बरको कार जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक मधु र कारमा सवार निश्चललाई पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय नरेश चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमम्दपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित लमजुङ बेशीशहर नगरपालिका-१ बस्ने २६ वर्षीय बुद्धी बहादुर आलेलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको बा.५ ख २२९५ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।