प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

२०८३-०३-२४

  • A
  • A-
  • A+
Share

रौतहट, ईशनाथ नगरपालिका-३ औरैया बस्ने ६० वर्षीय बुटन साहको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६३ वर्षीय रामाऔतार साह र उनकै छोरा २६ वर्षीय राम महेश्वर साहलाई  मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईशनाथ नगरपालिका-३ औरैया बस्ने ८० वर्षीय राम बहादुर साह, उनकै छोरी ज्वाई बुटन साह तथा रामाऔतार र राम महेश्वर बिच जग्गाको विषयमा झै-झगडा तथा कुटपिटको क्रममा राम महेश्वरले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बुटनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले घटनामा संलग्न रामाऔतार र राम महेश्वरलाई पक्राउ गरेको हो । साथै घाइते भएका राम बहादुरको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखान बस्ने धादिङ गजुरी गाउँपालिका-८ घर भएका ४२ वर्षीय दर्ज बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  उक्त मुद्दामा २२ वर्ष कैद सजाय कायम भई कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनको क्रममा कारागारबाट फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानीको लागि कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पठाइएको छ ।

कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न दुई जना पक्राउ
२०८३-०३-३२

लमजुङ, कर्तव्य ज्यान तथा डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोर्दी गाउँपालिका-१ बस्ने ३० वर्षीय बिजय लामिछाने र चितवन भरतपुर महानगरपालिका-२१ बस्ने ४३ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।  बेसीशहर नगरपालिका-८ तामाङ टोल शेरा बस्ने ५७ वर्षीय बुद्धि बहादुर बोहरा असार २५ गते सोही नगरपालिका-१ आकाशेडाँडा माथि भिरपानी सामुदायिक वनमा मृत अवस्थामा फेला परेका थिए । घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले बिजयलाई पक्राउ गरी सोधपुछ गर्दा बुद्धि बहादुरलाई काठको दाउरा प्रहार गरी हत्या गरेको एवम् मृतकले लगाएको सुनको सिक्री र औंठी चोरी गरेको खुल्न आएको थियो । साथै बिजयले उक्त सुनको सिक्री र औंठी चितवन भरतपुर महानगरपालिका-२१ स्थित दिपकले संचालन गरेको मौलाकालिका सुनचाँदी पसलमा बिक्री गरेको खुल्न आएपछि प्रहरीले उक्त पसल तलासी गर्दा चोरी भएको सुनको सिक्री र औंठी फेला पारी दिपकलाई समेत पक्राउ गरेको हो ।  उनीहरू उपर कर्तव्य ज्यान तथा डाँका चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।