लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२७
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी बाँके कोहलपुर नगरपालिका-१२ चप्परगौडी घर भएका २७ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०८० साउन २२ गतेको फैसला उक्त मुद्दामा ५ महिना कैद र पीडित राहत कोषमा २ सय रूपैयाँ जम्मा गराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।