प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०३-३०

  • A
  • A-
  • A+
Share

रौतहट, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राजपुर नगरपालिका-८ अकोलुवा बस्ने २२ वर्षीय ड्राईभर भन्ने आफान आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त मुद्दामा संलग्न रही २०८२ जेठ १५ गतेदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले राजपुर नगरपालिका-४ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ
२०८३-०६-०६

ललितपुर, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-४ सितापाखा बस्ने पर्सा घर भएका १९ वर्षीय नेसार अन्सारी, १९ वर्षीय सहजाज अन्सारी, १९ वर्षीय अर्बाज अन्सारी र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट चोरीका बा.८८ प २७८९, बा.९७ प ८८९९, बागमती प्रदेश ०३-००५ प ४८३६, बागमती प्रदेश ०२-०४८ प ६७०९, लु.३१ प ६४३१ र ना.१५ प ८०१५ नम्बरको मोटरसाइकलहरू र चोरीमा प्रयोग गरिएका विभिन्न औजारहरू समेत बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०६-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१० बस्ने अर्घाखाँची घर भएकी ३१ वर्षीया मनिषा सुनार, ३४ वर्षीय ठाकुर बहादुर सुनार, काठमाडौं तारकेश्वर नगरपालिका-१६ बस्ने पाल्पा घर भएका ४९ वर्षीय खोप बहादुर शाही, भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने ४९ वर्षीय दिपेन्द्र खत्री र स्याङ्जा घर भएकी ४८ वर्षीया सिता लुईटेल रहेका छन् । पक्राउ मध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, खोप बहादुरले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र सिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका-९ बाट शनिबार, खोप बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका-१६ बाट आइतबार, दिपेन्द्र र सितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न दुई जना पक्राउ
२०८३-०६-०५

काठमाडौं, खेलमा मिलेमतो तथा अनियमितता र ठगी सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अखिल नेपाल फुटवल संघ सातदोबाटोमा कोषाध्यक्ष पदमा कार्यरत ललितपुर, ललितपुर महानगरपालिका-३ पुल्चोक घर भएका ६० वर्षीय रविन्द्र जोशी र सोही संघमा लेखा अधिकृत पदमा कार्यरत सोही महानगरपालिका-५ लगनखेल थसीखेल घर भएका ५५ वर्षीय सन्जीब पाण्डे रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् प्रधान कार्यालय त्रिपुरेश्चर काठमाडौंको पत्र तथा वसन्त रिजालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रविन्द्र जोशी समेत भएको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगी सम्बन्धी कसुर मुद्दाको अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०६-०४

उदयपुर, आफ्नै श्रीमती ४५ वर्षीया बिमला राईको हत्या गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका-२ डाँडागाउँ बस्ने ५८ वर्षीय गन्दु राम राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ । गन्दु रामले घरायसी वादविवादको क्रममा धारिलो हतियार प्रहार गर्दा बिमला गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट माडिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी बिमलाको नगर अस्पताल बेल्टारमा उपचारको क्रममा गए राति मृत्यु भएको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय शेर बहादुर खड्काको हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय आयुष राईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ सोही उपमहानगरपालिका-१ स्थितमा उनीहरू बीच झै-झगडा हुँदा आयुषले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका शेर बहादुरको नेपाल मेडीसिटी बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममा शनिबार बेलुकी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बारा समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त घटनाको थप अनुसन्धानको लागि अन्य ५ जनालाई समेत नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०३

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने बाजुरा बुढीनन्दा नगरपालिका-११ घर भएका २२ वर्षीय प्रवेश रोकायालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।उक्त मुद्दामा ३ वर्ष कैद र नगद २ लाख रूपैयाँ जरिवाना ठहर भई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौंमा पठाइएको छ ।