अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०३-३०
- A
- A-
- A+
जुम्ला, चन्दननाथ नगरपालिका-७ महत गाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र महतलाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ ग्राम ६ सय ७० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले सुरेन्द्रको घरमा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, यशोधरा गाउँपालिका-७ मर्यादपुर बजारबाट नियन्त्रित लागूऔषध स्पास्मो ६५ ट्याब्लेट सहित मायादेवी गाउँपालिका-६ डुमरा बस्ने २५ वर्षीया अनिता रैदासलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।