स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८३-०३-३२
- A
- A-
- A+
डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद ५५ लाख ९० हजार रूपैयाँ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ छल बस्ने ३२ वर्षीय बिष्णु लाल रोकाय र ४२ वर्षीय भक्ती चन्द्र रोकाय रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पा समेतबाट खटिएको प्रहरीले दुनैबाट छलतर्फ जाँदै गरेको भे.१३ प ९२६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।