अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २५ जना पक्राउ
२०८३-०३-३२
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-१० घुईयाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६६ मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ माछा मार्ग टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३५ मिलिग्राम सहित धनगढी उपमहानगरपालिका-३ बस्ने २८ वर्षीय सुरज चौधरी समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-६ पुरानो भन्सार टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ५१ मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २० वर्षीया भुमिका फागो र इलाम चुलाचुली गाउँपालिका-१ घर भएका २३ वर्षीय सम्योक वानेम फागो रहेका छन् । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रंगेली नगरपालिका-७ काली मंदिर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ मिलिग्राम सहित पथरी शनिश्चरे नगरपालिका-१ बस्ने २२ वर्षीय भुपाल कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
स्याङ्जा, गल्याङ नगरपालिका-१ राम्दीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३१ एम्पुल, डाईजेपाम २९ एम्पुल र फेनारगन ३० एम्पुल सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१८ बस्ने ३५ वर्षीय पुण्य प्रसाद आचार्य र सोही महानगरपालिका-५ बस्ने २९ वर्षीय सुरज प्याकुरेल रहेका छन् । अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ ख १९५२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोइलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने २८ वर्षीय अमित भुजेल र सोही नगरपालिका-३ बस्ने २१ वर्षीय कृतन चौधरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१९ भिक्टोरिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३९ वर्षीय विजय लिम्बु र ३५ वर्षीय पुर्ण श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-४ लालीगुँरास टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने मोरङ कानेपोखरी नगरपालिका-५ बस्ने २८ वर्षीय बिनोद बयाँलकोटी समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ सितल बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-५ तल्लो देउराली बस्ने ५७ वर्षीय चोक्मान तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
नुवाकोट, बिदुर नगरपालिका-१ सिमुटारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ५ ग्राम र चरेस करिब २० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २१ वर्षीय आभास खतिवडा र २१ वर्षीय बादल मिजार रहेका छन् । अस्थायी प्रहरी पोष्ट सिमुटारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने ३० वर्षीय मो. सदाम हुसेन, सोही नगरपालिका-५ बस्ने भारत बिहार घर भएका १९ वर्षीय मुबारक अली र इलाम फाकफोकथुम गाउँपालिका-३ बस्ने ४१ वर्षीय रमेश थेगिम रहेका छन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, सिरहा नगरपालिका-१७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम सहित सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने ४४ वर्षीय महेश कुमार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।