अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०४-०१
- A
- A-
- A+
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३१ वर्षीय दिपक धामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय १० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय रबिन चौधरी र जानकी गाउँपालिका-८ भोक्सी बस्ने १९ वर्षीय आयुष चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, ओमसतिया गाउँपालिका-४ ठुलो बालापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित भारत उत्तर प्रदेश माहाराजगंज थाना कुल्हुही ग्राम बस्ने २६ वर्षीय रामवचन जैसवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-४ बिरेन्द्र बजारबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ४८ ग्राम सहित सोही नगरपालिका-१ गोल घर बस्ने २४ वर्षीय मोहमद तमिम राईनलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भरतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दार्चुला, महाकाली नगरपालिका-४ पुलघाटबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ ग्राम सहित व्याँस गाउँपालिका-३ सिना बस्ने २३ वर्षीय सुरेश सिंह कुवँरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट पुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-१ बागवानीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ९० ट्याब्लेट सहित रामनगर गाउँपालिका-५ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ४५ वर्षीय अवित राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।