स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०४-०२
- A
- A-
- A+
रौतहट, गौर नगरपालिका-१ गौर भन्सार कार्यालय नजिकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार नेपाली रूपैयाँ र ४ हजार २ सय ८० भारतीय रूपैयाँ सहित भारत सितामढी बैरगनिया बस्ने ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भन्सार सुरक्षा गार्ड समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अटो रिक्सामा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।