लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-०५
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-६ बस्ने नुवाकोट ककनी गाउँपालिका-३ घर भएका ३५ वर्षीय सुरेश तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेका उनी २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्क कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।