बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-०५
- A
- A-
- A+
काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-२ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-६ घर भएका ३६ वर्षीय राजेश बिष्टलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरबाट २०८२ पुस ३ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त जगाती भक्तपुर पठाइएको छ ।