कटुवा पेस्तोल र लागूऔषध सहित एक जना पक्राउ
२०८३-०४-०६
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१८ झटियाही बुधनगर बस्ने ५९ वर्षीय लाल किशोर यादवलाई कटुवा पेस्तोल १ थान, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ७ मिलिग्राम र गाँजा ८ ग्राम ४ सय ८० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल र लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।