बीमा ऐन र धितोपत्र सम्बन्धी ऐन अन्तर्गतको कसुरका फरार प्रतिवादी पक्राउ
२०८३-०४-०७
- A
- A-
- A+
काठमाडौं, बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-७ बस्ने मृगेन्द्र नाथ रिमाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त कसुरमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ सिफलबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।