प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
साइबर ब्यूरो - परिचय

प्रस्तावना:


सूचना प्रविधिको द्रुत विकास र बढ्दो प्रयोगसंगै अपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोगका कारण अपराधका नयाँ-नयाँ शैली र प्रवृतिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ । यस्ता चुनौतीहरुको सामना गरी वर्तमान र आगामी दिनमा प्रविधिको प्रयोग भई घट्न सक्ने अपराधहरुको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल प्रहरी भित्र रहेका संयन्त्रहरुलाई समयानुकूल परिमार्जन गरी थप सुदृढ बनाउने क्रममा साइबर अपराध सचेतना, साइबर सुरक्षा र साइबर अपराध अनुसन्धान समेतको कार्य गर्नका लागि नेपाल सरकारको मिति २०७५/०२/२७ गतेको निर्णय बमोजिम प्रहरी प्रधान कार्यालय अन्तर्गत, साइबर ब्यूरोको स्थापना भएको हो । तत्काल प्रहरी महानिरीक्षकद्वारा साइबर ब्यूरो कार्य संचालन कार्यादेश - २०७५ जारी भई कार्य संचालन हुँदै आएकोमा मिति २०७७/०६/१९ गते नेपाल राजपत्रमा प्रहरी नियमावली २०७१ को आठौं संशोधन भई साइबर ब्यूरो सम्बन्धी ब्यवस्था भएको हुँदा सोही बमोजिम कार्य संचालन हुँदै आएको छ ।


ब्यूरो स्थापनाको उद्देश्य : साइबर ब्यूरोको उद्देश्य देहाय बमोजिम हुनेछ ।


  • साइबर अपराध अनुसन्धान गर्ने ।
  • साइबर सुरक्षा सचेतना र प्रर्वद्धन गर्नका लागि सरोकारवाला निकाय तथा विज्ञहरुसंग समन्वय तथा सहकार्य गर्ने ।
  • संवेदनशील पूर्वाधार उपर हुने साइबर अपराधको अनुसन्धान गर्ने ।
  • भविष्यमा हुनसक्ने साइबर अपराध तथा हमलालाई सामना गर्नसक्ने सक्षम प्रहरी जनशक्ति तयार गर्ने ।
  • साइबर अपराधबाट हुनसक्ने खतरा र चुनौतीका बारेमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु तथा सुरक्षा निकायहरु बीच सूचना आदान प्रदान गर्न समेतका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने ।


ब्यूरोको काम, कर्तव्य र अधिकार :


  • कानुनद्वारा निर्दिष्ट राष्ट्रिय तथा बर्ह्रिर्क्षेत्रीय अधिकार भएका साइबर कसूरको अनुसन्धान गर्ने ।
  • साइबर अपराधको बदलिदो चरित्रको अध्ययन, अनुसन्धान र सूचना विष्लेषण गर्ने ।
  • साइबर अपराध अनुसन्धानमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय निकाय, संघ संस्थाहरु संग समन्वय सहकार्य गर्ने ।
  • प्रहरी कर्मचारीमा साइबर अपराध तथा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धि गराउने ।
  • साइबर अपराध सम्बन्धी जनचेतना अभिवृद्धि गराउने ।
  • राष्ट्रिय स्तरमा गठन हुने Computer Emergency Response Team (CERT) र अन्तराष्ट्रिय स्तरमा समेत समन्वयकारी भूमिका निर्वाह गर्ने ।
  • अपराध अनुसन्धानको सिलसिलामा अन्य प्रहरी कार्यालयहरुबाट सहयोग माग भई आएमा आवश्यक सहयोग गर्ने ।
  • Operational Data हरुको विश्‍लेषण गर्ने र आवश्यक परेमा विज्ञहरुसंग परामर्श गरी राय लिने।

Card image cap
नबिन्द अर्याल

प्रहरी बरिष्ठ उपरीक्षक