प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मानवश्रोत विकास विभाग - वृत्ति विकास महाशाखा


नेपाल प्रहरीको लागि आवश्यक पर्ने  विभिन्न प्रशिक्षणहरू प्रदान गर्नका लागि आवश्यक पर्ने पाठ्यक्रम निर्माण, भर्ना छनौट, वृत्ति विकास एवं व्यवसायिक दक्षता अभिवृद्धिको लागि आवश्यक पर्ने तालिम प्रशिक्षण लगायतको जिम्मेवारी सहित तालिम तथा भर्ना छनौटलाई  व्यवस्थित बनाउने उद्देश्य अनुरुप नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरूको वृत्ति विकास सम्बन्धी सम्पूर्ण कार्यहरू सम्पादन गर्न वृति विकास महाशाखाको स्थापना गरिएको छ ।


                    


वृत्ति विकास महाशाखाको जिम्मेवारीका क्षेत्रहरू:

  • नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको वृत्ति विकासको लागि आवश्यक पर्ने विषय वस्तुहरूको पहिचान गरी सोहि बमोजिमको नीति निर्माण गरी कार्यान्वयन गर्ने ।
  • नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरूको पेशागत ज्ञान, सिप र दक्षता अभिवृद्धी गराउने तर्फ आवश्यक पहल गर्ने ।
  • प्रहरी कर्मचारीहरू क्षमता र दक्षता अनुसारको कार्यक्षेत्रमा खटेका छन छैन अनुगमन गर्ने ।
  • नेपाल प्रहरीको भर्ना, तालिम लगायत सम्पूर्ण वृत्ति विकास सम्बन्धि कार्यहरूको प्रभावकारी अनुगमन तथा निरीक्षण गर्ने ।

क. भर्ना छनौट शाखा:

नेपाल प्रहरीको जनपद तथा प्राविधिक समूह तर्फ विभिन्न कारणले रिक्त जनशक्ति पदपूर्तिको लागि सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय गरी समय सापेक्ष नविनतम् प्रविधिको प्रयोग गर्दै योग्य, सक्षम जनशक्ति पदपूर्ति गर्ने कार्यहरु भर्ना छनौट शाखाबाट हुँदै आएको छ ।

 भर्ना छनौट शाखाको जिम्मेवारीका क्षेत्रहरू

  • प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ९ मा व्यवस्था भए अनुसार जनपद तथा प्राविधिक समूह तर्फ खुला प्रतियोगिताद्वारा विभिन्न पदहरूको पदपूर्ति गर्न समिति गठन गर्ने ।
  • लोक सेवा आयोगसँग समन्वय गरी पदपूर्ति सम्बन्धी वार्षिक भर्ना छनौट क्यालेण्डर निमार्ण गर्ने ।
  • भर्ना छनौट सम्बन्धी आवश्यक पर्ने नीति नियम निर्माण गर्ने ।
  • खुला प्रतियोगिताद्धारा पदपूर्ति हुने पदहरुको परीक्षाको पाठ्यक्रम निर्धारण तथा परिमार्जन गर्ने ।
  • खुला प्रतियोगिताद्धारा पदपूर्तिको लागी प्रतिशत निर्धारण गर्ने ।
  • पदपूर्तिको लागी विज्ञापन प्रकाशन गर्ने ।
  • भर्ना छनौट चरण अन्तर्गतका सम्पूर्ण परिक्षा संचालन गर्ने ।
  • उमेदवारहरुको चारित्रिक पृष्ठभूमि बुझने ।
  • अन्तिम नतिजामा उतिर्ण उम्मेदवारहरुको नियुक्ति एवं पदस्थापनाको लागि सिफारिस गर्ने ।


नेपाल प्रहरीको पदपूर्ति सम्बन्धी व्यवस्था: प्रहरी नियमावली, २०७१(संशोधन सहित) को नियम ९ संग सम्बन्धित) प्रहरी सेवाको देहायको पद देहाय बमोजिम पूर्ति गरिने छ:-


पद खुल्ला प्रतियोगिताबाट बढुवाद्धारा
प्रहरी कार्यालय सहयोगी वा सो सरह १००% -
प्रहरी जवान १००% -
प्रहरी सहायक हवल्दार
-
१००%
प्रहरी हवल्दार -  १००%
प्रहरी वरिष्ठ हवल्दार
-
 १००%
प्रहरी सहायक निरीक्षक ४०% ६०%
प्रहरी नायव निरीक्षक  - १००%
प्रहरी वरिष्ठ नायव निरीक्षक
-
१००%
प्रहरी निरीक्षक  ६०% ४०%
प्रहरी निरीक्षक भन्दा माथिका पदहरु - १००%


समावेशी सम्बन्धी व्यवस्था

(क) आदिवासी/जनजाति
३२ %
(ख) मधेसी
२८ %
(ग) महिला            
२० %
(घ) दलित
१५ %
(ङ) पिछडिएको क्षेत्र
५ %



ख. तालिम शाखा:

नेपाल प्रहरीका लागि आवश्यक पर्ने विभिन्न तालिमहरूको पहिचान, नव-प्रवेशी तथा सेवारत प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने सेवागत ज्ञान, सिप र दक्षता अभिवृद्धी, तालिम पाठ्यक्रमहरुको निर्माण तथा परिमार्जन, विभिन्न तालिममा सहभागि हुने प्रशिक्षार्थीहरूको मनोनयन, नेपाल प्रहरीले सञ्चालन गर्ने तालिहरूको स्वीकृति,सञ्चालन भइरहेका तालिमको अनुगमन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग समन्वय, विभिन्न मित्रराष्ट्रहरूमा संचालन हुने वैदेशिक तालिमहरूमा नेपाल प्रहरीको सहभागिता, तालिमसँग सम्बन्धित नीतिहरूको निर्माण, नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रहरी नियमावली बमोजिम पाउने अध्ययन बिदासँग सम्बन्धित कार्यहरूको लागि तालुक गृह मन्त्रालयसँग समन्वय गर्ने लगायत सम्पूर्ण प्रहरी कर्मचारीहरूको वृत्ति विकाससँग सम्बन्धि सबै कार्यहरू सम्पादन गर्नको लागि प्रहरी प्रधान कार्यालयमा रहेको तालिम शाखालाई स्तरवृद्वि गरी २०५२ साल भदौ ८ गते  प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा रहने गरी प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय नामाङ्कन गरी स्तरोन्नति गरिएको थियो । समयको परिवर्तन संगै संगठनको आवश्यकतालाई मध्यनजर गरी २०७५ साल पुष ९ गतेको नेपाल सरकारको निर्णय अनुसार प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, वृत्ति विकास निर्देशनालय अन्तर्गत रहने गरी तालिम महाशाखाको रूपमा रुपान्तरण भई कार्य सम्पादन हुदै आएकोमा पून:नेपाल सरकार, (मन्त्रिपरिषद) को मिति २०७८।११।०५ गतेको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, वृत्ति विकास महाशाखा, तालिम शाखाको रुपमा रुपान्तरण भई निरन्तर रूपमा सम्पादन गर्दै आई रहेको छ ।


                       




तालिम शाखाको जिम्मेवारीका क्षेत्रहरू

  • नेपाल प्रहरीमा नव-प्रवेशी तथा सेवारत सम्पूर्ण प्रहरी कर्मचारीहरूका लागि प्रहरी नियमावली, २०७१(संशोधन सहित) मा व्यवस्था भए अनुरुप आवश्यक तालिमहरूको व्यवस्था गर्ने ।
  • नेपाल प्रहरीका लागि आवश्यक पर्ने विभिन्न तालिमहरूको पहिचान गर्ने ।
  • तालिम पाठ्यक्रमहरुको निर्माण तथा परिमार्जन गर्ने ।
  • नेपाल प्रहरीले सञ्चालन गर्ने तालिहरूको स्वीकृति प्रदान गर्ने ।
  • तालिममा सहभागि हुने प्रशिक्षार्थीहरूको मनोनयन गर्ने ।
  • सञ्चालन भइरहेका तालिमको अनुगमन गर्ने ।
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग समन्वय गरि उक्त संस्थाहरूले प्रदान गर्ने उपयुक्त तालिमहरूमा नेपाल प्रहरीलाई सहभागि गराउने ।
  • विभिन्न मित्रराष्ट्रहरूमा संचालन हुने वैदेशिक तालिमहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता गराउने ।
  • तालिमसँग सम्बन्धित नीतिहरूको निर्माण गर्ने ।
  • नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीहरूले प्रहरी नियमावली बमोजिम पाउने अध्ययन बिदासँग सम्बन्धित कार्यहरूको लागि तालुक गृह मन्त्रालयसँग समन्वय गर्ने ।
  • अभिलेखहरूलाई डिजिटलाइजेशन गरी राख्न Training Record System (TRS) लाई प्रचलनमा ल्याइएको ।
  • विशिष्टिकृत क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई  सोही प्रकृतिको तालिमहरू प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने ।

Card image cap
टेक प्रसाद राई

प्रहरी अतिरिक्त महानिरीक्षक