अन्वेषण योजना तथा विकास निर्देशनालय - आ.व.२०८१/०८२ देखि हालसम्म निर्देशनालयद्वारा सम्पादित मुख्य गतिविधिहरू
Updated on :2082/10/22
आ.व.२०८१/०८२ देखि हालसम्म निर्देशनालयद्वारा
सम्पादित मुख्य गतिविधिहरू
१.
सोध अध्ययन
v आत्महत्या न्यूनीकरण
तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१
नेपालमा
आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धमा यसका प्रवृत्ति तथा कारणहरूको
पहिचान गर्नु, आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनका उपायहरू खोजी गर्नु र पहिचान
गरिएका उपायहरू कार्यान्वयनका लागि कार्ययोजना निर्माण गर्ने विषयमा यस सोध अध्ययन
गरिएको थियो । अध्ययनको
क्रममा देशभरका प्रत्येक प्रदेशका २/२ वटा जिल्लामा खटिई गई आमनागरिकहरूसँग
प्रश्नावली सर्वेक्षण, आत्महत्या प्रयास गर्ने व्यक्तिहरू र
आत्महत्या गर्ने व्यक्तिहरूका घरपरिवारसँग गहन अन्तर्वार्ता, मनोचिकित्सक, मनोपरामर्शदाता, चिकित्सक,
अनुसन्धान अधिकृत तथा घटनास्थल अधिकृतहरूसँग समेत गहन अन्तर्वार्ता,
सरोकारवाला निकाय र संघ संस्थाका प्रतिनिधिहरूको सहभागितामा कोशी
प्रदेश र लुम्बिनी प्रदेशमा लक्षित समूह छलफल, सबै ७७ जिल्ला
प्रहरी कार्यालयहरुबाट आ.व. २०७८/०७९ र २०७९।८० को आत्महत्या सम्बन्धी विस्तृत
ढाँचा बमोजिम अभिलेख तथ्याङ्क सङ्कलन र तथ्याङ्कको विश्लेषण गरिएको थियो ।
आगामी दिनमा नेपाल प्रहरीको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनको
रणनीति तथा कार्ययोजना तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न वाञ्छनीय
देखिएकोले यो अध्ययन कार्य गरिएको थियो ।
v नेपालमा
सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधको अन्तरसम्बन्ध सम्बन्धी अध्ययन, २०८२
सामाजिक सञ्जालका
विभिन्न माध्यमहरूले प्रयोगकर्ताहरूलाई एक आपसमा जोड्ने महत्त्वपूर्ण माध्यमको
रूपमा भूमिका खेलिरहेतापनि यसको उपभोगले ल्याएको सहजतासँगै समाजमा यसको नकारात्मक
प्रभावहरू पनि गम्भीर रूपमा देखा पर्न थालेको हुँदा सामाजिक सञ्जाल
प्रयोगकर्ताहरूको डिजिटल साक्षरताको अवस्था मूल्याङ्कन तथा सामाजिक सञ्जालमा
जोखिमका क्षेत्रहरू पहिचान गरी सामाजिक सञ्जालको प्रयोग र साइबर अपराधबीच
अन्तरसम्बन्ध अध्ययन गर्नुका साथै सामाजिक सञ्जाल प्रयोगमा हुने कमी कमजोरीले
साइबर अपराधमा पार्ने प्रभावको विश्लेषण गरी साइबर अपराध न्यूनीकरणका लागी सुझाव
दिने, जनचेतना र डिजिटल साक्षरता अभिवृति गर्ने, र प्राविधिक पूर्वाधार र निगरानी
संयन्त्रको विकास गर्ने उद्देश्य सहित यो अध्ययन गरिएको थियो । सर्वेक्षणमा
७ प्रदेश र काठमाण्डौ उपत्यका स्थितमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिक तथा
सरोकारवालाहरू सहित कुल ११७४ जना सहभागीलाई समावेश गरिएको थियो साथै गहन
अन्तर्वार्ता, लक्षित समूह छलफल, सामाजिक सञ्जालको प्रयोग तथा सोका कारण हुने
अपराधका बारेमा नीतिगत तथा कार्यगत विज्ञता हासिल गरेका कम्तीमा ८ जनाको समूहसँग
नेपाल प्रहरी प्रधान कार्यालयमा १ वटा विज्ञ समूह छलफल गरिएको थियो।
v ट्राफिक प्रहरी
कर्मचारीहरूको कार्य बोझ, सेवा प्रवाह तथा आचरण एवं व्यवहार अध्ययन,
२०८२
नेपालमा ट्राफिक
प्रहरीको कार्यभार, कार्य वातावरण र व्यवहारको वर्तमान
अवस्थाको विश्लेषण गर्नु, ट्राफिक प्रहरीको कार्य वातावरण, व्यवहार
र सेवा प्रवाहको प्रभावकारिता बीचको अन्तरसम्बन्ध पहिचान गर्नु र ट्राफिक प्रहरीको
कामको बोझ र जनताको धारणाले सिर्जना गरेका चुनौतीहरूलाई सम्बोधन गर्न सेवा प्रवाह
सुधारका लागि उपयुक्त रणनीतिहरू सिफारिस गर्ने उदेश्यका साथ ७ प्रदेश अन्तर्गतका र
काठमाडौं उपत्यकाको ३ जिल्ला गरी २४ जिल्लामा ट्राफिक प्रहरी र नागरिकसंग सर्वेक्षण
गरीएको थियो भने उक्त सर्वेक्षणमा कुल ११३८ जना नागरिक सहभागीहरू तथा ६८२ जना
ट्राफिक प्रहरी कर्मचारीहरूको धारणालाई समावेश गरिएको थियो।
v नेपाल प्रहरीमा
विद्यमान पोसाकको प्रयोग तथा परिमार्जन सम्बन्धी अध्ययन, २०८२
पोसाकले
हाम्रो कर्तव्यको मर्यादा झल्काउनुको साथै आम नागरिकमा विश्वास र सुरक्षाको
अनुभूति गराउँछ । कार्य प्रकृति अनुरूप पोसाकको रङ्ग, उच्च गुणस्तर र टिकाउपन, भूगोल र मौसम अनुसार कार्यसम्पादनमा सहजताले चुस्त परिचालनसँगै प्रहरीको
व्यावसायिक छवि निर्माणमा पनि महत्त्वपूर्ण योगदान दिइरहेको हुन्छ । यस प्रतिवेदनले
यी सबै पक्षको अध्ययन र विश्लेषण गरी हाल विद्यमान पोसाकहरूको प्रयोगमा हाम्रा
जनशक्तिले सामना गरिरहनु परेको कठिनाइ र सुधारका पक्षहरू माथि प्रकाश पारेको छ । प्रश्नावली
सर्वेक्षणमा सहभागी कुल ५६३ जना विभिन्न दर्जाका प्रहरी कर्मचारीहरू बाट प्राप्त
नतिजालाई संश्लेषण गरी प्रहरी कर्मचारीहरूबाट सङ्कलित धारणाले औँल्याएका सुझावहरू,
प्रतिवेदन विश्लेषणको क्रममा पहिचान गरिएको सुधार गर्न सकिने पक्षहरू, तथ्याङ्कले
इंगित गरेको निष्कर्ष र सिफारिसहरूले नेपाल प्रहरीमा हाल प्रयोगमा रहेको पोसाकलाई मौसम,
समय र भूगोल अनुसार उपयुक्त, विशिष्ट र आकर्षक, प्रहरीको कार्य प्रकृति र
जिम्मेवारी अनुरूप प्रयोगमा सहज बनाउन महत्त्वपूर्ण मार्गदर्शन गरेको छ।
२.
चालु आर्थिक वर्ष २०८२।८३ मा सम्पन्न हुने सोध
अध्ययनका क्षेत्रहरु
v प्रहरी कार्यसँग
सम्बन्धित
१) विरोध प्रदर्शन तथा
झडपको अवस्थामा प्रहरी परिचालन : वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू
v अपराध अनुसन्धानसँग
सम्बन्धित
२) आर्थिक तथा वित्तीय
अपराध अनुसन्धानको अवस्था, अनुसन्धानात्मक क्षमता र चुनौतीहरू
v प्रहरीको क्षमता
अभिवृद्धि (प्रशिक्षण) सँग सम्बन्धित
३) नेपाल प्रहरीले
प्रदान गर्ने तालिम : वर्तमान अवस्था र कार्यसम्पादनमा प्रभावकारिता सम्बन्धी अध्ययन
३. कार्यसम्पादन
सम्झौता
कार्यसम्पादन सम्झौता २०८२/०८३- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन
तथा सञ्चालन)
नियमावली, २०६५ को नियम ११, प्रहरी ऐन,२०१२,
प्रहरी नियमावली, २०७१ र प्रचलित कानुनको अधीनमा रही नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार अनुसार
प्रहरी
महानिरीक्षक र प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु बीच गरिएको
हो।
गृह सचिव र प्रमनिबीच भएको कार्यसम्पादन सम्झौता ( मिति : २०८२ भदौ ०१ गते )

प्रमनि र विभागबीच भएको कार्यसम्पादन सम्झौता (मिति : २०८२ भदौ ०८ गते)

प्रमनि र प्रदेशबीच भएको कार्यसम्पादन सम्झौता (मिति : २०८२ भदौ ०८ गते)
नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालयको कार्यगत संरचनाः

यस नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास
निर्देशनालयको जम्मा दरबन्दी संख्या २२ रहेको भएतापनि समयानुकुल कार्य प्रकृति र व्यवस्थापनको
आधारमा हाल प्रहरी नायव महानिरीक्षक देखी प्रहरी कार्यालय सहयोगी सम्म गरी २६ जना
कार्यरत रहेको छ। (मिति : २०८२ पुस २१ गते)