प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरीमा संलग्न चार जना पक्राउ

२०८३-०७-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भई काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने २५ वर्षीय विकास पोदार, ४६ वर्षीया विणा देवी, चन्द्रागिरी नगरपालिका-१० सतुंगल बस्ने १९ वर्षीय राजु पोदार र २३ वर्षीय राजेन्द्र कुमार रहेका छन् ।

काठमाडौं महानगरपालिका-१४ कलंकी तासिङडोल मार्ग बस्ने सिता थपलियाको फ्ल्याटबाट र निरञ्जन नेपालको घरबाट नगद, सुन तथा चाँदीका गरगहनाहरू लगायतका धनमालहरू चोरी गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको   हो । प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहनाहरू, मोबाइल १६ थान, घडी १० थान लगायतका सरसामान समेत बरामद गरेको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०८-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने पाल्पा तानसेन नगरपालिका-५ घर भएका २६ वर्षीया माल्भिका रावल र ललितपुर ललितपुर महानगरपालिका-२४ बस्ने ४२ वर्षीय सन्तोष खड्का रहेका छन् ।पक्राउ मध्ये माल्भिकाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रूपैयाँ र सन्तोषले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले माल्भिका र सन्तोषलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार सहित तीन जना पक्राउ
२०८३-०८-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बाट २ किलो ७ सय ग्राम तौल बराबरको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो देखिने आखेटोपहार १ थान सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१९ बस्ने ४९ वर्षीय मान बहादुर गोले, सोही उपमहानगरपालिका-१० बस्ने ७९ वर्षीय चतुर सिं लामा वाईबा र रौतहट घर भएका ५८ वर्षीय श्रीबहादुर जिम्बा रहेका छन् । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय राप्ती, मनहरी मकवानपुर पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०८-०५

दैलेख, आफ्नै श्रीमती ३५ वर्षीया मनिषा सलामी मगर, छोरा १२ वर्षीय तपेन्द्र सलामी र छोरी ३ वर्षीया करिष्मा सलामीको हत्या गरेको अभियोगमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-३ पानीखोला बस्ने ३८ वर्षीय अम्मर सलामी मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  अम्मरले वादविवादको क्रममा बन्चरो प्रहार गर्दा मनिषा, तपेन्द्र, उनकै छोरा ६ वर्षीय मिलन सलामी र करिष्मा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मनिषा, तपेन्द्र र करिष्माको नगर अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मिलनको प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।