प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

२०८३-०७-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशी गाउँपालिका-५ मुलकोटबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ग्राम सहित रूपन्देही गैडहवा गाउँपालिका-१ घर भएका २८ वर्षीय प्रकाश थापा र सप्तरी सुरूङ्गा नगरपालिका-२ घर भएका २२ वर्षीय निराजन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खुर्कोट समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, रतुवामाई नगरपालिका-६ बाट अवैध लागूऔषध खैरो हेरोइन ५ सय ग्राम, पेस्तोल १ थान र गोली १ राउण्ड   सहित ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया घर भएका २२ वर्षीय दिपक कुमार बोसाक, ४० वर्षीय पुरन कुमार बोसाक र मोरङ रतुवामाई नगरपालिका-१ घर भएका ३५ वर्षीय योगेन्द्र ठाकुर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले नियन्त्रणमा लिने क्रममा दिपक कुमारले पेस्तोल निकाली प्रहरी माथि लक्षित गरी फायर गर्न खोजे पश्चात प्रहरीले जवाफी फायर गर्दा दिपक कुमार र पुरन कुमार घाइते भएका थिए । घाइते भएका उनीहरूको रतुवामाई नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ ।

यसैगरी मोरङ, रतुवामाई नगरपालिका-१० पोखरी बाँधबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६६ ट्याब्लेट र स्पास्पेन ८६ ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने झापा दमक नगरपालिका-४ घर भएका ३१ वर्षीय सुमन सुवेदीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इटहराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङ, मिक्लाजुङ गाउँपालिका-९ गणेशचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-७ बस्ने झापा शिवसताक्षी नगरपालिका-८ घर भएका २८ वर्षीय सन्तोष सार्की र सोही गाउँपालिका-७ बस्ने ३० वर्षीय कुशल दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले प्रदेश १-०२-०४४ प ८६२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

चितवन, भरतपुर महानगरपालिका-४ बर्मेली चोकबाट नियन्त्रित लागूऔषध ऐनारगन ६ सय ३ ट्याब्लेट र ट्रामाडोल ६ सय ३ ट्याब्लेट सहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय अस्मिन कुईकेल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.२४ प ७८२२ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१५ प्रगती टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ७ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ३१ ट्याब्लेट र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय नबिन गुरूङ र २६ वर्षीय अमृत गुरूङ  रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाख्रीबास नगरपालिका-५ बस्ने २६ वर्षीय सुरज तामाङ र धनकुटा नगरपालिका-१ बस्ने २७ वर्षीय शिसिर बस्नेत रहेका छन् । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

ललितपुर, ललितपुर महानगरपालिका-६ लगनखेलबाट अवैध लागूऔषध गाँजा करिब ७ सय ५ ग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-६ बटुकभैरव बस्ने भारत घर भएका २० वर्षीय गौतम कुमार र सोही महानगरपालिका-६ प्रयागपोखरी बस्ने भारत घर भएका २० वर्षीय आलोक जैसवाल रहेका छन् ।   वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

झापा, कन्काई नगरपालिका-४ शान्ती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय संजय चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३ सय एम्पुल, बुप्रेनोर्फिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३२ तल्लो खुदी बस्ने १९ वर्षीय उज्वल विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले  गण्डकी एएबि ३२२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

बाँके, बैजनाथ गाउँपालिका-५ गुरूवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय मक्सुद अहमद इद्रीसीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-१९ बागफाटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-१९ बस्ने ३४ वर्षीय लछु राना समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी बागफाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, लालझाडी गाउँपालिका-१ नौरङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षिय मनिष राना, २२ वर्षीय श्रवण राना र २४ वर्षीय रोहित राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली डाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुनसरी, इटहरी उपमहानगरपालिका-२ कर्नेल टोल बस्ने ३७ वर्षीय किशोर लिम्बुलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय १० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी बिट हवाईचोकबाट खटिएको प्रहरीले किशोरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।  

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-५ बस्ने २० वर्षीय गोविन्द डाँगीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

भक्तपुर, मध्यपुर थिमि नगरपालिका-३ कौशलटारबाट अवैध लागूऔषध पोलेन २ सय ग्राम सहित काठमाडौ कलंकी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भएका ३३ वर्षीय उमेश दियालीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्रदेश ३-०२-००५ प ५०९६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-२९

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलो ५ सय ग्राम सहित भारत उत्तर प्रदेश घर भएका २२ वर्षीय सलमान लाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले भारतबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सेतो हेरोइन ५ किलो ५ सय ग्राम सहित भारत पुणे घर भएका ५२ वर्षीय REWARAJ TIGHARE लाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाईल्याण्डबाट नेपाल आएका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-५ खादा बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ५४ मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-१ बस्ने २४ वर्षीय बुद्दिराज लिम्बु र सोही नगरपालिका-१ बस्ने २७ वर्षीय कृष्ण प्रसाद खरेल रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.०१-०१-०१५ प ८५६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८३-०७-२८

सुनसरी, इटहरी उपमहानगरपालिका-५ जनताबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अबिनाश शंकर समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जनताबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६० ट्याब्लेट सहित उदयपुर चौदण्डीगढी नगरपालिका-३ बस्ने २९ वर्षीय हेम कुमार विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भन्टावारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित झापा दमक नगरपालिका-४ ताराबारी बस्ने २७ वर्षीय नारायण प्रसाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  धनुषा, विदेह नगरपालिका-१ ठाडी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ३० मिलिग्राम सहित शहीदनगर नगरपालिका-६ बस्ने २० वर्षीय प्रिन्स कुमार मण्डललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १ सय ८० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ कालागाउँ बस्ने २४ वर्षीय भुवन बस्नेत र सोही नगरपालिका-९ लाटिकोइली बस्ने २६ वर्षीया सनम सुनार रहेका छन् । प्रहरी चौकी सुब्बाकुना समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ ख १०४१ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुईबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-२ बनखेत बस्ने २५ वर्षीय प्रकाश साउँद र २२ वर्षीय छबि साउँद रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८३-०७-२७

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरीले थाई एयरवेजबाट नेपाल आएका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ४० मिलिग्राम सहित धरान उपमहानगरपालिका-१ बस्ने २५ वर्षीय अमर दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८३-०७-२७

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित बारा कोल्हवी नगरपालिका-८ नयाँ बस्ती टोल बस्ने २० वर्षीय समिर बराललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज समेतबाट खटिएको प्रहरीले मितेरी पुलदेखि वीरगंजतर्फ जाँदै गरेको ना.२ ह ३९८९ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  धनुषा, शहिदनगर नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय ३० मिलिग्राम र नगद ३१ हजार ४ सय ६० रूपैयाँ सहित शहिदनगर नगरपालिका-३ यदुकुहा बस्ने २१ वर्षीय उपेन्द्र मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुनसरी, देवानगंज गाउँपालिका-५ पाल टोलबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ६० ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्जु गाउँपालिका-५ बस्ने २७ वर्षीय डोमा पासवान, २३ वर्षीय पवन कुमार यादव र भारत अररिया पोचदह-५ बस्ने २३ वर्षीय सोनु यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले नेपालदेखि भारततर्फ जाँदै गरेको प्र.१-०२-००४ ह ९६६९ नम्बरको सिटि सफारी जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी सिटि सफारी चालक डोमा तथा सिटि सफारीसँगै आउँदै गरेको को.१५ प ९६५६ नम्बरको मोटरसाइकल चालक पवन कुमार र बिआर ३८ ए एन ५२६१ नम्बरको मोटरसाइकल चालक सोनु यादवलाई पक्राउ गरेको हो ।   यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-‍३ त्रिवेणी चोक बस्ने ३५ वर्षीय रबिन भुजेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । झापा, विर्तामोड नगरपालिका-९ घौलापुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने २० वर्षीय राहुल शेख समेत २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी गरामनिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८३-०७-२६

मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र स्पास्पेन ७५ ट्याब्लेट सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४१ वर्षीय जयराम राई र उनकै श्रीमती २४ वर्षीया अस्मिता चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट किर्तिपुरबाट खटिएको प्रहरीले को.२० प ४७२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-७ बाङ्गेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८० मिलिग्राम सहित सोही नगरपालिका-७ सयपत्री टोल बस्ने ३० वर्षीय समुएल राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, डुडुवा गाउँपालिका-२ बेतहनीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो १ सय ६० ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-९ बस्ने ५२ वर्षीय धर्मेन्द्र गोडिया र २१ वर्षीय आकाश बाल्मिकी रहेका छन् । प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले बेतहनीबाट नेपालगंजतर्फ जाँदै गरेको ने.१ ह ३२१२ नम्बरको ई-रिक्सा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक धर्मेन्द्र र ई-रिक्सामा सवार आकाशलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०७-२४

कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित कालिकोट खाँडाचक्र नगरपालिका-३ बस्ने २९ वर्षीय जगदिश पाण्डेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने २० वर्षीय समोहित परियारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-११ बाईपास रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित बाँके खजुरा गाउँपालिका-२ बस्ने २३ वर्षीया दिपिका वलीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ लोकप्रिय मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित बागमती गाउँपालिका-६ फापरबारी बस्ने २५ वर्षीया रूपा विश्वकर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कैलाश गाउँपालिका-१० घर भएका २२ वर्षीय बिनोद थिङ समेत ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     उदयपुर, चौदण्डीगढी नगरपालिका-३ पैतालिस चोकबाट नियन्त्रित लागूऔषध डाइक्लोमाइन ९० ट्याब्लेट र ट्रामाडोल ९० ट्याब्लेट सहित सोही नगरपालिका-३ राजनागी बस्ने ४२ वर्षीय लक्ष्मण राई समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिप्रैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ९० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १२ ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका-३ बस्ने ३५ वर्षीय गुलाम जिलानी अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोबरहियाबाट खटिएको प्रहरीले यूपि ५६ यू ७१६६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, बराहक्षेत्र नगरपालिका-७ प्रगति चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सुमन बस्नेतलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बाङगेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।