अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०७-१४
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम २ सय ५० मिलिग्राम र नगद २० हजार २ सय रूपैयाँ सहित गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर भएका ३९ वर्षीय छिरीङ शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ७ सय ४० मिलिग्राम सहित ललितपुर इमाडोल बस्ने सप्तरी खडक नगरपालिका-१ घर भएका २३ वर्षीय गौतम चौधरी समेत २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-५ खयरबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९५ मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ डिक्लीबारी बस्ने २४ वर्षीय खड्ग राजवंशी र सोही गाउँपालिका-१ बस्ने २५ वर्षीय चैतन हेमरम रहेका छन् । प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम २७ एम्पुल, फेनारगन २९ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-८ बस्ने धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भएका २० वर्षीय निमा लामा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ चटकपुरस्थित गोकुलेश्वर चौलानी होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २७ मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-२ घर भएका २५ वर्षीय अमर बहादुर कुँवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले होटलको १०४ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५० मिलिग्राम सहित टीकापुर नगरपालिका-५ बस्ने २२ वर्षीय रोशन सार्की समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले रोशनले प्रयोग गरेको लु.प्र.०१-०१५ प ४७८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
लमजुङ, बेसीशहर नगरपालिका-१ देउरालीडाँडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, बुप्रेनोर्फिन १० एम्पुल र फेनारगन १० एम्पुल सहित सोही नगरपालिका-८ भुलभुले बस्ने ३० वर्षीय सुजन तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले ग.१० प ९९६९ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकही केराबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहवी नगरपालिका-३ बस्ने ३४ वर्षीय दिपक परियार र उदयपुर वेलका नगरपालिका-३ बस्ने ३२ वर्षीय बल बहादुर थापा रहेका छन् । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय १० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-९ बस्ने २१ वर्षीय सुशिल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।