करिब २ सय ९ किलो गाँजा सहित पाँच जना पक्राउ
२०८३-०७-१६
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-२० च्यान डाँडाबाट अवैध लागूऔषध गाँजा करिब २ सय ९ किलो ४ सय २० ग्राम सहित ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी डाक्नेश्वरी नगरपालिका-१० बस्ने २४ वर्षीय रामसागर कुमार यादव, राजगढ गाउँपालिका-१ बस्ने ४५ वर्षीय राजेन्द्र प्रसाद मंडल, छिन्नमस्ता गाउँपालिका-६ बस्ने ५९ वर्षीय राज कुमार शाह, भारत बिहार प्रान्त मधुबन्नी बस्ने ३८ वर्षीय सन्तोष ठाकुर र सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने २१ वर्षीय अमृत बिशुङखे रहेका छन् ।
उक्त स्थानमा दुईवटा स्कारपियो गाडीमा गाँजा लोड भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बा.१ च ५०३८ र को.१ च ८१८२ नम्बरको स्कारपियो तलासी गर्दा उक्त परिमाणको गाँजा फेला उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।