प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-०६-३०

  • A
  • A-
  • A+
Share

   तनँहु, २०७८ असोज ३१ गते 

  ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

ती किशोरले महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
२०८३-०७-१९

नवलपरासी पूर्व, देवचुली नगरपालिका-१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।  धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित बस पार्कको काउण्टरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने ४० वर्षीय सुजित शर्मा  समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ४ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा ६४ जना पक्राउ
२०८३-०७-१८

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ डेरा गरी बस्ने नुवाकोट घर भएकी ४१ वर्षीया प्रतिभा तिमिल्सेनाको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रतिभा समेत २१ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १२ लाख २९ हजार ६ सय रूपैयाँ, ३३ थान कौडा र १७ बुक तास सहित पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-८ पानीटंकी चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने जमौली बस्ने ५९ वर्षीय लक्ष्मण खरेल समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार ९ सय ९५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी चितवन, भरतपुर महानगरपालिका-१६ नबिन चोकबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने २८ वर्षीय सुरज गुरूङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ९ सय ९० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-२ हल्लनचोक बस्ने ६४ वर्षीय अमर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा अमर समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६४ हजार ९ सय २५ रूपैयाँ र ४ सय ३८ पत्ति तास सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६७ वर्षीय हरिदत्त पाण्डेय समेत ६ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ६ सय ४० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  तनहुँ, ब्यास नगरपालिका-१२ घाँशिकुवास्थित तामाङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर संचालक सोही नगरपालिका-१ भादगाउँ बस्ने ४३ वर्षीय बल बहादुर गुरूङ समेत ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय १५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।  रोल्पा, रून्टीगढी गाउँपालिका-७ होलेरी हाटबजारस्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने ५० वर्षीय दिल बहादुर खड्का समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ७ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०७-१५

ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने ४१ वर्षीय रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा रामबाबु समेत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार ७ सय १० रूपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो ।  कैलाली, टीकापुर नगरपालिका-१ मेन्थास्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय सन्तोष भण्डारी समेत ४ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय ७० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।