प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०५-२६

  • A
  • A-
  • A+
Share

मुगु, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छायाँनाथ रारा नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत बिहीबार राति ती किशोरीलाई सामूहिक रुपमा जबरजस्ती करणी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।  

ललितपुर, २९ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुर मनोहरी गाउँपालिका-३ मिलडाँडा घर भई हाल ललितपुर बाग्मती गाउँपालिका-२ बगुवा बस्ने ३९ वर्षीय राजाराम सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भट्टेडाडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-११

धनकुटा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-२ मारेक बस्ने २४ वर्षीय होम बहादुर गान्छाकी मगरलाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।