प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०३-२०

  • A
  • A-
  • A+
Share

ओखलढुंगा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-३ अधेरी बस्ने ६५ वर्षीय फिन्चुले भन्ने रुख विर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २०७९ कात्तिक ८ गते र २०७९ मंसिर ११ गते सिद्धिचरण नगरपालिका-३ बस्ने ४४ वर्षीय फुर्तिमान भन्ने सागर राईले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनीहरूमध्ये रुख विर राईलाई पक्राउ गरेको हो । हाल फरार सागर राईको प्रहरीले खोजी गरिरहेको छ । 

ईलाम, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोङ गाउँपालिका-१ शान्तिपुर कटहरे बस्ने ३० वर्षीय अमृत बहादुर राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई बिगत ३ महिना अगाडि देखिनै जबरजस्ती करणी गर्दै आएको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बर्फल्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-११

धनकुटा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-२ मारेक बस्ने २४ वर्षीय होम बहादुर गान्छाकी मगरलाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।