प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-०८-११

  • A
  • A-
  • A+
Share

दाङ, २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका-११ बस्ने रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१३ घर भएका ३२ वर्षीय मान बहादुर पुन मगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई ललाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी गत असोज २३ गते राति दाङ राप्ती गाउँपालिका-१ भालुवाङ बजारस्थित रोल्पाली सिर्प जलजला ड्रिमल्याण्ड होटल एण्ड लजमा लगी जबरजस्ती करणी गरी यातना समेत दिएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-११

धनकुटा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-२ मारेक बस्ने २४ वर्षीय होम बहादुर गान्छाकी मगरलाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।