प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८०-११-२४

  • A
  • A-
  • A+
Share

झापा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका-७ बेलानी बस्ने ३० वर्षीय जीवन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जीवनले झापा मेचिनगर नगरपालिका-८ जोरसिमलस्थित कोठामा ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पाल्पा, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका-३ बस्ने २१ वर्षीय बुद्ध बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पाल्पा तानसेन नगरपालिका-९ दमकडा बेलडाँडास्थित एक घरमा विकले ती किशोरीलाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र अस्थायी प्रहरी पोष्ट माडिफाँटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-११

धनकुटा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-२ मारेक बस्ने २४ वर्षीय होम बहादुर गान्छाकी मगरलाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।