प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०९-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भारत मोतिहारी दरपाथाना घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्तालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

भक्तपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-२ घर भई भक्तपुर कमलबिनायक बस्ने २६ वर्षीय टेक बहादुर माझीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । माझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-११

धनकुटा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-२ मारेक बस्ने २४ वर्षीय होम बहादुर गान्छाकी मगरलाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।