प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-१०-१८

  • A
  • A-
  • A+
Share

बर्दिया, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारुलाई आइताबार प्रहरीले पक्राउ गरेको छ । 

थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको भन्ने खबर माघ १६ गते प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०७-११

धनकुटा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-२ मारेक बस्ने २४ वर्षीय होम बहादुर गान्छाकी मगरलाई मंगलबार साँझ  प्रहरीले पक्राउ गरेको छ । होम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मारेककटहरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-५ भकुण्डा बस्ने २१ वर्षीय चरण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।