करिब १ हजार ३३ किलोग्राम गाँजा सहित एक जना पक्राउ
२०८३-०४-१६
- A
- A-
- A+
मोरङ, रतुवामाई नगरपालिका-१० सोमबारेबाट अवैध लागूऔषध गाँजा करिब १ हजार ३३ किलो ४ सय ८४ गाँजा सहित धनकुटा पाख्रीबास नगरपालिका-९ हिले बस्ने २८ वर्षीय उमेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उर्लाबारीबाट आमबारीतर्फ आउँदै गरेको को.१ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गर्ने क्रममा ट्रकको ३१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक उमेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।