प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

२०८३-०४-२१

  • A
  • A-
  • A+
Share

भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली चुनदेवी हाइट नजिक भक्तपुर नगरपालिका-६ चोर्चायाछें बस्ने ३० वर्षीय रोशन देसेमरूले संचालन गरेको आरती खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ताथलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ हजार ५ सय ५५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । 

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगर रंगशाला शिवपथस्थित ६१ वर्षीय धुर्व श्रेष्ठले संचालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुर्व समेत ११ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार ८ सय ५ रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०५-१५

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन फुलबारी टोल डेरा गेरी बस्ने सर्लाही इश्वरपुर नगरपालिका-१२ घर भएकी ३६ वर्षीया साबित्रा कुमारी थिङको कोठामा जुवातास खेलिरहेको अवस्थामा साबित्रा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।