लागूऔषध मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-२३
- A
- A-
- A+
काठमाडौं, लागूऔषध (खैरो हेरोइन) मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका-५ घर भएका ४५ वर्षीय मित्र कुमार गौतम र ४० वर्षीय राम उदगार महत्तो रहेका छन् । जिल्ला अदालत महोत्तरीबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले सर्लाही ईश्वरपुर नगरपालिका-५ बाट पक्राउ गरेको हो ।
कञ्चनपुर, लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका-१५ बस्ने ३३ वर्षीय भुवन शाहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरको २०८१ पुस १९ गते फैसलाले उक्त मुद्दामा १० वर्ष ३ महिना कैद सजाय ठहर भई कारागार कार्यालय कञ्चनपुरमा थुनामा रहेकोमा गत भदौ २४ गते कारगारबाट भागी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय कञ्चनपुर पठाइएको छ ।