प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लुटपाटमा संलग्न व्यक्ति पक्राउ

२०८३-०४-२३

  • A
  • A-
  • A+
Share

बागलुङ, सुनको रिङ लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा वरेङ गाउँपालिका-३ बस्ने १९ वर्षीय सन्दिप रूचाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

सन्दिपले वरेङ गाउँपालिका-३ बाटाकाचौर मजुवामा पीडितलाई डर, धाक धम्की दिई सुनको रिङ लुटेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वरेङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   

उनी उपर जिल्ला अदालत बागलुङबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
चोरीमा संलग्न तीन जना पक्राउ
२०८३-०४-२३

काठमाडौं, सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-८ बालुवाखानी बस्ने धनुषा घर भएका ३८ वर्षीय घनश्याम क्रामछाकी, बुढानिलकण्ठ नगरपालिका-१३ भंगाल बस्ने तनहुँ घर भएका २४ वर्षीय अन्जान दाश र काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने २८ वर्षीय सजिर श्रेष्ठ रहेका छन् । बुढानिलकण्ठ नगरपालिका-९ पिपलबोटस्थित घरबाट साउन १२ गते र सोही नगरपालिका-१२ राधाकृष्ण मन्दिरस्थित घरबाट साउन २० गते सुन तथा चाँदीका गरगहना, नगद र मोबाइल शृङखलाबद्ध रूपमा चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

लागूऔषध मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०४-२३

काठमाडौं, लागूऔषध (खैरो हेरोइन) मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर नगरपालिका-५ घर भएका ४५ वर्षीय मित्र कुमार गौतम र ४० वर्षीय राम उदगार महत्तो रहेका छन् । जिल्ला अदालत महोत्तरीबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको प्रहरीले सर्लाही ईश्वरपुर नगरपालिका-५ बाट पक्राउ गरेको हो । कञ्चनपुर, लागूऔषध (खैरो हेरोइन) मुद्दाका फरार प्रतिवादी भीमदत्त नगरपालिका-१५ बस्ने ३३ वर्षीय भुवन शाहुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरको २०८१ पुस १९ गते फैसलाले उक्त मुद्दामा १० वर्ष ३ महिना कैद सजाय ठहर भई कारागार कार्यालय कञ्चनपुरमा थुनामा रहेकोमा गत भदौ २४ गते कारगारबाट भागी फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय कञ्चनपुर पठाइएको छ । 

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-२३

काठमाडौं, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी चन्द्रागिरी नगरपालिका-५ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-१ घर भएका ४८ वर्षीय अच्युत्तम भन्ने अच्चुत्तम प्रसाद रिसाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत महोत्तरीबाट २०८३ वैशाख २१ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ हाईविजन क्लोनीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी पठाइएको छ ।

कुटपिटमा संलग्न दुई जना पक्राउ
२०८३-०४-२३

काठमाडौं, कुटपिटमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-७ बस्ने नुवाकोट घर भएका ३० वर्षीय रमेश तामाङ र रसुवा घर भएका २६ वर्षीय सौगात घले रहेका छन् । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित पिएम क्लबका संचालकलाई ३/४ जनाको समूहमा आएका व्यक्तिहरूले साउन १६ गते राति कुटपिट गरी घाइते बनाई फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कुटपिटमा संग्लन उनीहरूलाई तारकेश्वर नगरपालिका-७ फुटुङबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।