कुटपिटमा संलग्न दुई जना पक्राउ
२०८३-०४-२३
- A
- A-
- A+
काठमाडौं, कुटपिटमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-७ बस्ने नुवाकोट घर भएका ३० वर्षीय रमेश तामाङ र रसुवा घर भएका २६ वर्षीय सौगात घले रहेका छन् ।
काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित पिएम क्लबका संचालकलाई ३/४ जनाको समूहमा आएका व्यक्तिहरूले साउन १६ गते राति कुटपिट गरी घाइते बनाई फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कुटपिटमा संग्लन उनीहरूलाई तारकेश्वर नगरपालिका-७ फुटुङबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।