स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०८३-०४-२६
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रूपैयाँ सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत विहार सितामढी थाना डुमरा-६ घर भएका २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका-१ प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागर कुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका-१ झौवागुठी बस्ने २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २-०३-००३ प ७२१५ नम्बर र ना.५७ प ५१८२ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।