प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ

२०८०-०८-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित काठमाडौं सुन्धारा बस्ने भारत पश्चिम बंगाल घर भएका ४४ वर्षीय संजय मैतीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई बिल नभएको भन्सार छली ल्याएको हिराजस्तो देखिने धातुसहित फेला पारेको र उक्त धातु सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भएको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित चार जना पक्राउ
२०८३-०४-२६

पर्सा, वीरगंज महानगरपालिका-१० आदर्शनगरबाट स्रोत नखुलेको नगद ५२ लाख ५० हजार रूपैयाँ सहित ४ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार सितामढी थाना डुमरा-६ घर भएका २६ वर्षीय सुरज कर्ण, बारा प्रसौनी गाउँपालिका-१ प्रसौनी बस्ने ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागर कुमार सर्राफ र पर्सा विन्दवासिनी गाउँपालिका-१ झौवागुठी बस्ने २५ वर्षीय राहुल कुमार गुप्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २-०३-००३ प ७२१५ नम्बर र ना.५७ प ५१८२ नम्बरका मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध रूपमा भन्सार छली लैजान लागेको सामानसहित दुई जना पक्राउ
२०८१-०१-१३

काठमाडौं, भन्सार छली लैजान लागेको ५० ग्राम बराबरको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थान, आइफोन ३ थान  र विभिन्न भेपको लिक्युडसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका-३ घर भएका ४३ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा उनीहरूले बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।  

राजस्व छलीका मोबाइलहरू सहित एक जना पक्राउ
२०८०-१२-१८

ललितपुर, ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित ट्रेन्डिङ मोबाइल हबबाट करिब १५ लाख रूपैयाँ मूल्य बराबरका भन्सार छली चोरी पैठारी गरी ल्याएका ३५ थान मोबाइलसहित हबको संचालक सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २२ वर्षीय सरोज योञ्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  ललितपुरको बालकुमारी एरियामा विभिन्न कम्पनीका मोबाइलहरू राजस्व/भन्सार छली चोरी पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।  

बिल नभएको सुन जस्तो देखिने धातुसहित दुई जना पक्राउ
२०८०-०९-०४

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बिरेन्द्र चोकस्थित बजारबाट बिल कागजातहरु नभएको सुन जस्तो देखिने पहेलो धातु १ तोला २.५ लालसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-३ डाडाकुटी बस्ने २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र १९ वर्षीय रुप लाल बिश्वकर्मा रहेका छन्  । उक्त बजारमा केही व्यक्तिहरूले बिल कागजातहरु नभएका अवैध सुनका गरगहनाहरु बिक्री गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४  थान गरी जम्मा उक्त तौलको धातु फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको छ । 

अवैध अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०८-१८

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित रिपब्लिक अफ पोल्याण्डकी नागरिक ३७ वर्षीया पाउलिना गाब्रेला माडेजलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै पोल्याण्ड जान लागेकी उनलाई विमानस्थलमा जाँच गर्ने क्रममा १ सय दरको १ सय १३ थान, ५० दरको ३८ थान र २० दरको १५ थान गरी जम्मा १३ हजार ५ सय अमेरिकी डलरसहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।