लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०४-३०
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने बारा कलैया उपमहानगरपालिका-९ घर भएका २४ वर्षीय जय किशोर प्रसाद यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०८१ वैशाख ३० गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय र १ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ गौशालाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।