प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८३-०५-०२

  • A
  • A-
  • A+
Share

ललितपुर महानगरपालिका-१५ चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१५ सातदोबाटो बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-२ घर भएका ६० वर्षीय जय प्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-५ बरालचोकस्थित मेटल उद्योगमा जुवातास खेलिरहेको अवस्थामा उद्योगका संचालक बाग्लुङ जैमुनी गाउँपालिका-१० घर भएका ३१ वर्षीय ओमबहादुर थापा समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ८ सय ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको   हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
२०८३-०५-१५

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपन फुलबारी टोल डेरा गेरी बस्ने सर्लाही इश्वरपुर नगरपालिका-१२ घर भएकी ३६ वर्षीया साबित्रा कुमारी थिङको कोठामा जुवातास खेलिरहेको अवस्थामा साबित्रा समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६८ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  भक्तपुर, सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ५९ वर्षीय ज्ञानबहादुर तामाङ समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ३ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।