लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-१२
- A
- A-
- A+
काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी कागेश्वरी नगरपालिका-६ मुलपानी बस्ने भोजपुर टेम्केमयुम गाउँपालिका-९ घर भएका ३२ वर्षीय लाक्पा शेर्पालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा १२ वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।