प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

२०८३-०५-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-८ घर भएका ३६ वर्षीया बिमला घले, काठमाडौं नागार्जुन नगरपालिका-४ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका-३ घर भएका ३६ वर्षीय प्रेम प्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका-३ बस्ने नुवाकोट ककनी गाउँपालिका-८ घर भएका ३५ वर्षीय सागर गोतामे र ललितपुर महालक्ष्मी नगरपालिका-८ बस्ने ३० वर्षीया सिन्सा श्रेष्ठ रहेका छन् । 

पक्राउ मध्ये बिमलाले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ५ लाख ६० हजार रूपैयाँ, प्रेम प्रसादले माल्टा  पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, सागरले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ  र सिन्साले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिमलालाई काठमाडौं महानगरपालिका-१२ बाट र प्रेम प्रसादलाई काठमाडौं महानगरपालिका-१६ बाट बुधबार तथा सागरलाई काठमाडौं महानगरपालिका-३ बाट र सिन्सालाई ललितपुर महालक्ष्मी नगरपालिका-८ बाट बिहीबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ
२०८३-०५-१२

काठमाडौं, धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर खाछें बस्ने हिमालय सेक्युरिटी बैंकर लिमिटेडका संचालक अध्यक्ष ६३ वर्षीय दिपक कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका-११ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर जबरा र दक्षिणकाली नगरपालिका-३ घर भएका हिमालयन रिईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ३९ वर्षीया उपसना पौडेल रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले सुमेरलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट बुधबार तथा दिपक कुमारलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ हात्तीवनबाट र उपसनालाई काठमाडौं बबरमहलबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ मध्ये दिपक कुमार र सुमेर धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनमा तथा उपसना बीमा ऐन सम्बन्धी कसुरमा संलग्न रही फरार रहेका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०५-१२

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी कागेश्वरी नगरपालिका-६ मुलपानी बस्ने भोजपुर टेम्केमयुम गाउँपालिका-९ घर भएका ३२ वर्षीय लाक्पा शेर्पालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।उक्त मुद्दामा १२ वर्ष कैद सजाय ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-८ बाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८३-०५-११

कैलाली, लम्कीचुहा नगरपालिका-४ बस्ने ३३ वर्षीय दिपक सुनारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-४ बस्ने ३२ वर्षीया यमुना सुनार, सोही नगरपालिका-१० बस्ने ४१ वर्षीय दुर्योधन सुवर्णकार, टीकापुर नगरपालिका-३ बस्ने ३२ राम राजेश महतो, कञ्चनपुर बेलौरी नगरपालिका-९ बस्ने ५६ वर्षीय बिरेन्द्र राना र सोही नगरपालिका-८ बस्ने ३२ वर्षीय भिमा राना रहेका छन् ।जिल्ला प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा दिपकको श्रीमती यमुना सुनारले प्रेमीसँग मिलेमतो गरी हत्या गर्ने योजना बनाई अमरावती जंगलमा हत्या गरी कर्णाली नदीमा फालेको भन्ने खुल्न आएको छ ।उनीहरू उपर जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अष्ट्रिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०५-१०

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बस्ने ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका-३ बस्ने २९ वर्षीय सुबास आले मगरलाई मंगलबार  प्रहरीले पक्राउ गरेको छ । सुबासले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन सम्बन्धी कसुरमा संलग्न चार जना पक्राउ
२०८३-०५-१०

काठमाडौं, धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंक लिमिटेडका लगानी सदस्य ४२ वर्षीय सुभाष पौडेल, ललितपुर साबिक ललितपुर उपमहानगरपालिका-२ बस्ने क्रेष्ट माईक्रो लाईफ ईन्स्योरेन्स लिमिटेडका संचालक ४१ वर्षीया सुनिता महर्जन, काठमाडौं महानगरपालिका-१६ बस्ने नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका संचालक सदस्य ४५ वर्षीय अनुप मालाकार र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-८ घर भएका नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडका संचालक सदस्य ३९ वर्षीया सुनिता श्रेष्ठ रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ मध्ये सुभाष धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनमा, सुनिता महर्जन धितोपत्र सम्बन्धी ऐन तथा अनुप र सुनिता श्रेष्ठ बीमा ऐन सम्बन्धी कसुरमा संलग्न रही फरार रहेका थिए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।