रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको शव फेला
२०८३-०५-१२
- A
- A-
- A+
काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७:०० बजे सम्म ५ सय ५३ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३८ जना, धादिङमा ४० जना, चितवनमा २ सय २२ जना, गोरखामा ४७ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ३४ जना र नवलपरासी पश्चिम २८ जना गरी ५ सय ५३ जनाको शव फेला परेको हो ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।