अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८३-०५-१३
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित डडेलधुरा अजयमेररू गाउँपालिका-२ घर भएका २७ वर्षीय मनोज कुमार ऐरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज १०६३ नम्बरको ईभी गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ कौवापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम र नगद ११ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १३ किलो ९ सय ५ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ बुंगल नगरपालिका-१ दहबगर बस्ने २२ वर्षीय कलक धामी र केदारस्यु गाउँपालिका-७ बस्ने ५० वर्षीय करन धामी रहेका छन् । इलाका प्रहरी कार्यालय गुलरिया समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००१ च ४८११ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक कलक र गाडीमा सवार करनलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा २१ ग्राम ४ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय रमेश गुरूङ र सोही नगरपालिका-६ बस्ने ४९ वर्षीय सुवास जिसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बा.११ च ६२५६ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-११ मधुवन बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ५० ट्याब्लेट सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने १९ वर्षीय दिप कार्की र १९ वर्षीय अमन भन्ने कृष्ण आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले प्र.०१-०२-०५२ प ९४०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बसचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका-५ बस्ने ३४ वर्षीय अरूण नेपाली र सोही उपमहानगरपालिका-५ बस्ने ३५ वर्षीय सुमन कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले प्र.०२-००५ ह ६९५९ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक अरूण र अटोमा सवार सुमनलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१ आँपगाछी चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७४ ट्याब्लेट सहित मोरङ बेलबारी नगरपालिका-११ बस्ने ४७ वर्षीय दिनेश दाहाल समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उदयपुर, बेलका नगरपालिका-५ शिखरमाडीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २४ ट्याब्लेट र नगद ८ हजार ५ सय ६० रूपैयाँ सहित सोही ठाउँ बस्ने २५ वर्षीय आशिष राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।