स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०५-१८
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-४ नवजीवन अस्पताल अगाडि सडकबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित भारत पंजाव बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।