भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०५-१९
- A
- A-
- A+
अछाम, मेल्लेख गाउँपालिका-६ सिमसेली बस्ने ३३ वर्षीय भिम बहादुर खत्रीलाई भरूवा बन्दुक १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले भिम बहादुरको गोठ तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।