स्रोत नखुलेको भारतीय रूपैयाँ सहित एक जना पक्राउ
२०८३-०५-२७
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रूपैयाँ सहित भारत बिहार मोतीहारी पलानवा थाना-१० बस्ने ५५ वर्षीय अशोक कुमारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०६ एटि ६४४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।