सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने व्यक्ति पक्राउ
२०८३-०५-२८
- A
- A-
- A+
काठमाडौं, सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री प्रकाशन/प्रसारण गरी घृणा द्वेष फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा टोखा नगरपालिका-८ बानियाटार बस्ने रूकुम पश्चिम आठविसकोट नगरपालिका-१२ घर भएका २७ वर्षीय जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालहरूमा विपद्को अति संवेदनशील समयमा खोज, उद्दार तथा व्यवस्थापनमा अहोरात्र खटिएका सुरक्षा निकाय तथा राष्ट्रसेवकहरूका बारेमा सार्वजनिक नैतिकता, शिष्टाचार विरूद्धका सामग्री विद्युतीय स्वरूपमा प्रकाशन गरी सुरक्षा निकाय तथा राष्ट्र सेवकहरू प्रति घृणा द्वेष फैलाई नागरिक र सुरक्षा निकाय बीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं अनामनगरबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।