सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८३-०३-०१
- A
- A-
- A+
काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-११ सतुङ्गल घर भएका ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलाको पोष्ट भएको तस्विरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।