स्रोत नखुलेको रकम सहित पक्राउ
२०८३-०५-२९
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५ हजार रूपैयाँ सहित काठमाडौं ठमेल बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका-३ घर भएका २० वर्षीय युवराज घतानीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले केशरमहलबाट भिआईपी चोकतर्फ जाँदै गरेको बा.९७ प २६४४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।