प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित दुई जना पक्राउ

२०८३-०५-३०

  • A
  • A-
  • A+
Share

रूपन्देही, ओमसतिया गाउँपालिका-६ नारायणपुरबाट कटुवा पेस्तोल १ थान र सोही पेस्तोलमा प्रयोग हुने छर्रा २५ थान सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय अमन कुमार धवल र २० वर्षीय सुनिल केवट रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले अमन कुमारको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
ठगी, लिखत किर्ते, नागरिकता र संगठित अपराध सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०१

काठमाडौं, ठगी, लिखत किर्ते, नागरिकता र संगठित अपराध सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ धुम्बाराही बस्ने काभ्रे पनौती नगरपालिका-४ टौखाल घर भएका ४६ वर्षीय हरि भन्ने पुण्डे प्रसाद काफ्लेलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा १५ वर्ष कैद सजाय र १ लाख २० हजार रूपैयाँ जरिवाना ठहर भई केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ । 

अवैध हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०६-०१

काठमाडौं, अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा धनुषा शहिदनगर नगरपालिका-४ घर भएका २४ वर्षीय अजय कुमार मुखियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई धनुषा शहिदनगर नगरपालिका-४ बाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १ सय ४४ रूपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको खुल्न आएको छ । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०६-०१

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने पर्सा वीरगंज महानगरपालिका-१३ घर भएका ३९ वर्षीय विशाल हाडालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायाधिकरणबाट उक्त मुद्दामा पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

बेलारूस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भएका ५२ वर्षीय बिरेन्द्र बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बिरेन्द्रले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०६-०१

काठमाडौं महानगरपालिका-२९ अनामनगरस्थित किम्चि रेष्टुरेण्टबाट स्रोत नखुलेको नगद ३४ लाख ९५ हजार रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगंज महानगरपालिका-२१ घर भएका ४० वर्षीय प्रबेश महत्तो रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  धनुषा, धनौजी गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद १३ लाख ६५ हजार रूपैयाँ सहित भारत मधुवनी ग्राम खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बिबि १८९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अन्तर्राष्ट्रिय कल बाइपासका उपकरण सहित पक्राउ
२०८३-०६-०१

चितवन भरतपुर महानगरपालिका-२ आँपटारीबाट अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित भारतीय नागरिक २५ वर्षीय Kathram Nithin लाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको साथबाट मोबाइल २६ थान, ल्यापटप २ थान, सिमकार्ड ९५ थान,  सिपियु ४ थान, इन्भर्टर १ थान, ब्याट्री २ थान, युएसबि ६ थान, राउटर २ थान, विभिन्न प्रकारका डेटा केबुलहरू लगायतका सामानहरू समेत बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा ती उपकरण तथा सामाग्रीहरू अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) मा प्रयोग गरिएको भन्ने खुल्न आएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।