स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०६-०१
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२९ अनामनगरस्थित किम्चि रेष्टुरेण्टबाट स्रोत नखुलेको नगद ३४ लाख ९५ हजार रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-२ घर भएका ४२ वर्षीय सन्तोष भुषाल र पर्सा वीरगंज महानगरपालिका-२१ घर भएका ४० वर्षीय प्रबेश महत्तो रहेका छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, धनौजी गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद १३ लाख ६५ हजार रूपैयाँ सहित भारत मधुवनी ग्राम खौना बस्ने ३५ वर्षीय राधाकान्त बयारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धनौजीबाट खटिएको प्रहरीले लखौरीबाट गोरदाहातर्फ आउँदै गरेको बीआर ३२ बिबि १८९९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।