बेलारूस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०६-०१
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-११ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ घर भएका ५२ वर्षीय बिरेन्द्र बहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बिरेन्द्रले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।